पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गर्ने सुवास प्रकाउ

पाेखरा | बैशाख २७, २०८१

पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गर्ने सुवास प्रकाउ

पोखरा:   पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा सुवास सुवेदीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले ठगी गरेको आरोप सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो । 


सुवेदीले मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरुन्तै पोखरा–काठमाडौंको हवाई टिकट बुक गरिदिनु पैसा क्युआर कोड मार्फत पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । 

 

सुवेदीले बैशाख २० गते मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरन्तै पोखरा–काठमाडौं, काठमाडौं–नेपालजञ्जको हवाई टिकटका लागि पोखरा महानगरपालिका–६ लेकसाइडस्थित रहेको एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरी हवाई टिकट काट्न लगाई पछि क्युआरमा पैसा नपठाई ठगी गरेको जाहेरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलिले काठमाडौबाट प्रकाउ गरेको हो । 


प्रकाउ परेका सुवेदी माथि अन्य २ वटा ठगी सम्बन्धी किटानी जाहेरी समेत परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 

 

प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


 

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।  यससँगै उपभोक्ताले एक तोला...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्