पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गर्ने सुवास प्रकाउ

पाेखरा | बैशाख २७, २०८१

पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गर्ने सुवास प्रकाउ

पोखरा:   पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा सुवास सुवेदीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले ठगी गरेको आरोप सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो । 


सुवेदीले मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरुन्तै पोखरा–काठमाडौंको हवाई टिकट बुक गरिदिनु पैसा क्युआर कोड मार्फत पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । 

 

सुवेदीले बैशाख २० गते मुख्यमन्त्रीको पिए हुँ भन्दै तुरन्तै पोखरा–काठमाडौं, काठमाडौं–नेपालजञ्जको हवाई टिकटका लागि पोखरा महानगरपालिका–६ लेकसाइडस्थित रहेको एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरी हवाई टिकट काट्न लगाई पछि क्युआरमा पैसा नपठाई ठगी गरेको जाहेरीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलिले काठमाडौबाट प्रकाउ गरेको हो । 


प्रकाउ परेका सुवेदी माथि अन्य २ वटा ठगी सम्बन्धी किटानी जाहेरी समेत परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 

 

प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्